
काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो ।
३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय ति बिरामीको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ ।
अस्पताल भर्ना गर्नुअघि उनको आरडीटी नगरिको बताइएको छ । शुक्रबारमात्र पाटन अल्का र स्याङ्जा गरेर ३ जनाको रहस्यमय मृत्यु भएको थियो ।
शुक्रबार पनि अल्का अस्पतालमा ६५ वर्षीय पुरुषको मुत्यु भएको थियो । स्वास्थ कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले दिएको जानकारी अनुशार उनलाई उच्च ज्वरो आएको थियो ।
प्यान्क्रियाज क्यान्सरका कारण अल्कामा उपचार गर्न आएका पुरुषमा ज्वरो आएको अस्पतालले जनाएको छ । नवलपरासीबाट उपचारका लागि आएका उनको शुक्रबार निधन भएको हो ।
गेलालका अनुसार ज्वरो आएका कारण उनको स्वाब बिहीबार नै पीसीआर परीक्षण गर्न पठाए पनि रिपोर्ट आएको छैन। क्यान्सरका कारण मृत्यु भएको हुनसक्ने उनले बताए ।
यस्तै शुक्रबार नै पाटन अस्पतालमा भर्ना भएका एक जना व्यक्तिको निधन भएको छ ।
कोरोना आशंका गरेर अस्पतालमा भर्ना भएका व्यक्तिको निधन भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको हुनसक्ने बताए पनि मृत्युको कारण खुल्न सकेको छैन ।
मृतकको परिचय खुलाइएको छैन् । आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन् ।
गएराति स्याङजा कोरोना आशंका गरिएका एक व्यक्तिको निधन भएको छ । उच्च ज्वरोको कारण स्यङ्जा अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भईसकेको स्याङजा अस्पतालले जनाएको छ ।
अस्पतालको अनुसार मृत अवस्थामा अस्पताल ल्याईएका ब्यक्तिमा ज्वरो आएको हिस्ट्री भएकोले स्वाब निकालेर पिसिआर परिक्षणको लागि पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।