काठमाडौं – पाटन अस्पतालमा भर्ना भएका एक जना व्यक्तिको निधन भएको छ ।
कोरोना आशंका गरेर अस्पतालमा भर्ना भएका व्यक्तिको निधन भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा उपचार गराइरहेका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनले बिरामीको कोरोनाका कारण नभई अन्य कारणले मृत्यु भएको हुनसक्ने बताए पनि मृत्युको कारण खुल्न सकेको छैन ।
मृतकको परिचय खुलाइएको छैन् । आइसोलेसन वार्डमा अहले १२ जना उपचाररत छन् ।
गएराति स्याङजा कोरोना आशंका गरिएका एक व्यक्तिको निधन भएको छ । उच्च ज्वरोको कारण स्यङ्जा अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भईसकेको स्याङजा अस्पतालले जनाएको छ ।
अस्पतालको अनुसार मृत अवस्थामा अस्पताल ल्याईएका ब्यक्तिमा ज्वरो आएको हिस्ट्री भएकोले स्वाब निकालेर पिसिआर परिक्षणको लागि पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।