
गएराति स्याङजा अस्पतालमा एक जनाको उच्च ज्वरोको कारण मृत्यु भएको छ ।
उच्च ज्वरोको कारण स्यङ्जा अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भईसकेको स्याङजा अस्पतालले जनाएको छ ।
अस्पतालको अनुसार मृत अवस्थामा अस्पताल ल्याईएका ब्यक्तिमा ज्वरो आएको हिस्ट्री भएकोले स्वाब निकालेर पिसिआर परिक्षणको लागि पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।
पछिल्लो समय नेपालमा बिभिन्न क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको संकास्पद मृत्यु हुने क्रम बढेको थियो ।
केहि समय पहिले धुलिखेल अस्पतालमा १ जना सुत्केरी महिलाको कोभिड १९ को कारण मृत्यु भएको थियो भने त्यस लगतै बाँकेमा क्वारेन्टाईनमा रहेका ब्यक्तिको पनि मृत्यु पश्चात कोरोना संक्रमण पुष्टी भएको थियो ।
त्यसको केहि दिनमै गुल्मीका एक शिक्षकको कोरोना भाईरसको कारण मृत्यु भयो ।
बिश्वमा महामारीको रुप लिईरहेको नोबेल कोरना भाईरस कोभिड १९ संक्रमण दिन प्रतिदिन भुसको थुप्रोमा आगो लगाए झै थाहै नपाई बढिरहेको छ ।
नेपालमा पनि पछिल्लो समय यसको संक्रमण दर उच्च रहेको छ । यो समाचार तयार गर्ने बेला सम्म बिश्वमा संक्रमितको संख्या ५१ लाख ९७ हजार ७ सय ७६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६ सय ७५ रहेको छ ।
त्यस्तै रोग लागेर उपचार पछि निको हुनेको संख्या २० लाख ८२ हजार ७ सय १७ छ ।
नेपालमा पछिल्लो अपडेट अनुसार आज मात्र थप ३० जनामा संक्रमण देखिएको छ ।
यो संगै नेपालमा संक्रमित ब्यक्तिको संख्या ४ सय ८७ पुगेको छ भने ३ जनाले कोभिड १९ को कारण ज्यान गुमाएका छन् ।