
शुक्रबार बिहान नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे विज्ञप्ती जारी गर्दै थप ३० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणअनुसार नयाँ पुष्टि भएको संख्या ३० पुगेको छ ।
संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ बर्षिय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवन निवासी ७४ वर्पया पुरुष र ७३ वर्षिय महिला । नवलपरासी सुस्ता गाउँपालिकाका ३३ र ३५ वर्षिया पुरुष र १५ वर्षिया महिला हुन् ।
त्यस्तै कपिलवस्तुका ८ जना पुरुष र एक ८ बर्षिया बालिका रहेका छन् ।
संक्रमितहरु सर्लालीका १४ जना पुरुष र १८ वर्षिया एक युवती समेत छन् ।