
नेपाल र भारतबीच ठाउँ ठाउँमा सदियौ देखि सीमा विवाद चलिरहेको छ ।
भारत संग सीमा जोडिएका हिमाली तथा पहाडी ६ जिल्ला र तराईका २१ जिल्ला गरि कुल २७ जिल्लामा सीमा लामो समय देखी कचकच हुँदै आएको छ ।
केही ठाउँमा भने नेपालको धेरै ठुलो क्षेत्रफल भू भाग अतिक्रमित भएको छ । यसरी लामो समय देखी समस्याको रुपमा निकै ठुलो र महत्वपुर्ण भू भाग अतिक्रमित हुँदै आएको सीमाक्षेत्र मध्ये नेपालले लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ राजनैतिक नक्शा सार्वजनिक गरेसँगै भारतीय सञ्चारमाध्यममा यो विषयले प्रमुख स्थान लिइरहेको छ ।
यसै सन्दर्भमा नेपालले सो भूभाग हाम्रो हो भन्ने प्रमाणहरु यहाँ प्रस्तुत गरिएको छ ।
१) १८१६ मार्च ४ को सुगौली सन्धि ।
२) १८१६ डिसेम्बर ८ को सुगौली सन्धिकै पुरक सन्धि
३) १८५७ मा भारतले नै जारी गरिदिएको नेपालको नक्शा
४) १८६० नोभेम्बर १ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गर्न भएको सम्झौता
५) १८७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सिमांकन गर्दाको नक्शासंकन
६) १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका नागरिकले बालि बुझाएको प्रमाण
७) २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली
८) २०१८ सालको जनगणना ।