
२०७७ साल जेठ कृष्ण्पक्ष ९ गते शुक्रवार औंशी तिथि कृतिका नक्षत्र चन्द्रमा वृश राशिमा ।
मेष राशि : कुटुम्व सँगको सम्वन्धमा केही समस्या देखिने छ । बोल्दा विचार गर्नुहोला अन्यथा घरायसी समस्या हुन सक्छ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
वृषः मान सम्मानमा वृद्धि हुनुकासाथै गरेको काममा सफलता हात पर्नेछ । काम वा व्यापारमा आएको वाधा हटेर जानेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
मिथुनः आफुले नगरेको गल्तिमा फस्न सकिन्छ सतर्क रहनु होला । माल सामान हराउन सक्ने सम्भावना छ । संम्यमित हुनुहोला राम्रो हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कर्कट : आर्थिक वृद्धिहुनेछ । गरेको गरेको काममा सफलता प्राप्तहुनेछ । दाजुभाइसँगको सम्वन्ध राम्रो भएर जानुका सथै सहयोगले महत्वपूर्ण काम वन्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
सिंहः जागिर,व्यपारमा राम्रो हुने समय छ । गरेको काममा प्रशंसा प्राप्तहुने देखिन्छ तथा लेन देनको विग्रेको काम वनेर जानेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।
कन्याः पिताको स्वास्थ्यलाइ लिएर समस्या हुने तथा आर्थिक हानिको समय छ । गरेको काममा अवसर प्राप्त हुने देखिन्छ । सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।
तुला : स्वास्थ्य समस्या हुनुका साथै घर परिवारमा कलहको वातावरण वन्न सक्छ । संम्यमित भएर अगाडि वढ्नुहोला राम्रो हुनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला।
वृश्चिक : दाम्पत्य जीवनको आनन्द उठाउन सक्नु हुनेछ तथा आफन्त इष्टमीत्रहरुसँग मन रमाउने छ । क्रोधको कारण सामान्य झगडा हुन सक्छ विचार गर्नुहोला । मित्रता र प्रेमको बन्धन कसिनेछ। सोखले जोखिम बढाउन सक्छ। उपहारले काममा थप उत्साह पनि जगाउनेछ।
धनु : स्वास्थ्यमा समस्या थियो भने कम हुनेछ । घर परिवारको आनन्द प्राप्त गर्न सक्नुहुनेछ तथा आर्थिक वृद्धिको समय छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
मकर : सन्तान सुख पाउनुका साथै विद्यार्थीको लागि पढाइमा वाधा हुन सक्छ । चौतर्फ लाभको योग छ समयको सदुपयोग गर्नुहोला । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
कुम्भ : हात हतियार वाट चोट पटक लाग्न सक्छ सावधानी अपनाउनु राम्रो हुनेछ । मनमा घर परिवारलाइ लिएर आनन्द महसुस हुनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
मीन : राम्रो समय छ आर्थिक लाभ तथ व्यपार व्यवसायको लागि । जागिरमा प्रशंसा प्राप्त गर्नसक्ने समय छ । दिन राम्रो हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।