
आज शनिबार, शनिकाे नराम्राे प्रभावबाट बच्न यस्ता कामहरु गर्नुहाेस
आज शनिबार, शनिकाे नराम्राे प्रभावबाट बच्न यस्ता कामहरु गर्नुहाेस
शनिलाई हामी न्यायधिसको रुपमा चिन्छौं । शनिले कर्म अनुशारको फल दिने गर्छन् उनले काम अनुशारको दण्ड दिन्छन् । त्यसैले पनि उनलाई क्रुर ग्रहको रुपमा चिनिन्छ ।
अत : शनिको नकरात्मक प्रभाव र दण्डबाट बच्न निम्न कार्यहरु गर्नुहोस ।
तपाईको जन्मकुण्डलीमा शनि ग्रह नकरात्मक किसिमले बसेको भए तपाईलाई नकरात्मक प्रभाव हुन्छ ।
तपाईको गौचरकाे ३, ६ र ११ मा शनि बसेको छ भने तपाईलाई आल्स्यता बनाउँछ ।
कहिले निन्द्रा लाग्दैन, कहिले बिहानभरि सुत्न मन लाग्छ । मानसिक चिन्ता बढाउन सक्छ । मानसम्मान घट्छ । तपाईको प्रतिष्ठा घट्न सक्छ ।
शनिलाई सहि ठाँउमा राख्न उस्को प्राथना गर्नुपर्छ । यो ग्रहले सबैलाई प्रभाव पारेको हुन्छ । शनि ग्रह गौचर घुमेर आएर सबैलाई उथलपुथल पार्न सक्छन् । त्यसैले तल दिइएका काम गर्नुहोस । जीवनभर सफलता प्राप्त गर्नुसक्नु हुनेछ ।
१) हरेक दिन बिहान सुर्योदय भन्दा २ घण्टा बीचको समयमा उठ्नुहोस
२) नुहाएर सफा लुगा लगाउँनुहोस
३) घरमा पुजा गर्ने कि पिपलमा पुजा गर्ने एउटा निर्णय गर्नुहोस
४) एउटा टपरीमा चामल सुपारी वा नरिवल राखेर शनि देउतालाई आह्रवान गरेर पुजा गर्नुस
५) शनिले तोरीको तेललाई राम्रो मान्ने हुनाले तोरीको तेलले पुजा गर्नुहोस
६) गरिब दुखीलाई दान गर्नुहोस
७) काग तथा कुकुरलाई रोटी दिनुहोस
८) गाईलाई रोटी खुवाउनुहोस तथा कालो दाल तथा तिल दान गर्नुहोस
९) भोली घरमा फलाम तथा गाडीहरु नभित्र्याउँनुहोस ।
दिनहुँ माथि उल्लेखित काम गर्नु भयो भने वर्षभरि शुभ हुनेछ ।
वृष राशिलाई साउन २१ गते देखि मंसिर १ गतेसम्म शनि ग्रहको प्रभाव छ । त्यस्तै धनु राशिलाई वर्षैभरि शनिको प्रभाव रहेको छ । मिथुन राशीलाई पनि साउन २१ गते देखि मंसिर १ गतेसम्म शनि ग्रहको प्रभाव छ । मकर राशि र कुम्भ राशिलाई पनि प्रभाव रहेको छ । त्यसैले यो शनि ग्रहले हामी सबैलाई असर गर्छ । त्यसैले हामीले उनको आराधना गरि उनलाई खुशी पारौं र सफलता हात पार्न सफल हौं ।
यो सामाग्री ज्यो ठाकुर देवकोटा युट्युव च्यानलबाट लिएकाे हाे । ज्योतिषी परामर्शको लागि 9847844095 र 9809560557 मा सम्पर्क गर्नुहोला