
अत्यावश्यक कामले काठमाण्डौ उपत्यकामा प्रवेश गर्नुपर्ने व्यक्तिले आफ्नै खर्चमा कोरोनाको आरडिटी परीक्षण गरी सोको रिपोर्टसहित अनुमति माग्नुपर्ने भएको छ ।
गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाभित्रका सबै स्थानीय तहलाई एक पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो ।
जेठ १ गते गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षमा काठमाण्डौ महानगर, ललितपुर महानगरका मेयर, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाण्डौ उपत्यका नाका भएका नगरपालिका प्रमुखहरु, तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय कार्यान्वयनका लागि गृहले स्थानीय निकायलाई जेठ ७ गते पत्र लेखेपछि मात्र यो कुरा बाहिर आएको हो ।
काठमाण्डौ प्रवेश गर्न के गर्नुपर्छ, हेर्नुहाेस बिज्ञप्ती
स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृहमन्त्रालयले पत्र सबै स्थानीय तहलाई पठाएको हो । गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ ।
पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण पमा रोक्न आग्रह गरिएको छ । त्यस्तो पाइएमा कारवाही समेत गर्ने समेत बताइएको छ । नाका प्रवेशका स्थानीय तहलगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउन र त्यहाँ बस्ने व्यक्ति स्वयमले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी व्यवस्थपन गर्न समेत पत्रमा उल्लेख गरिएको छ ।
अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने पत्रमा बताइएको छ।