
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ८ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १६ मिनेटमा गएको ३.४ रिक्टर स्केलको पराकम्प हो ।
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुश भएको थियो ।