
लकडाउनमा बलिउड अभिनेता सलमान खानको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘तेरे बिना’को म्युजिक भिडियोमा अभिनेता सलमान र ज्याकलिन फर्ना्न्डिजको अभिनय रहेको छ ।
गीतको भिडियोमा उनिहरु दुबै घोडा माथि मस्ति गरेका छन् ।
सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत आइतबार सार्वजनिक भएको हो । गीतमा सलमान खानले नै गाएका छन् । उक्त गितले ६ दिनमा नै २ करोड ७६ लाख भन्दा बढी भ्यूज पाएको छ ।
केही दिनअगाडी ज्याकलिन लकडाउनको कारणले गर्दा सलमानसँग फार्म हाउसमा थुनिएको समाचार प्रकाशित भएको थियो ।