
सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।
भारतमा मे २५ बाट खुल्ने
लकडाउन केही खुकुलो बनाएको भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मे (जेठ १२) बाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।
भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । यहाँ सार्वजनिक यातायात समेत संचालनमा आइसकेको छ ।