
कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।
बुधबार बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५० लाख ८ हजार १ सय ८३ पुगेको हो ।
संक्रमितको संख्या ५० लाख नाघ्दा यो भाइरसबाट ज्यान गुमाउनेहरुको संखया ३ लाख २५ हजार ३ सय २५ पुगेको छ भने १९ लाख ७४ हजार ८ सय १८ जनाले यस भाइरस विरुद्धको लडाइमा जित हाँसिल गरेका छन् ।
सबैभन्दा धेरै संयुक्तराज्य अमेरिकामा १५ लाख ७१ हजार भन्दा बढी संक्रमित फेला परेका छन् भने ९३ हजार ५ सय भन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म ३ लाख ६१ हजार भन्दा बढी निको भएर घर फर्केका छन् ।
अमेरिकापछि दोस्रो स्थानमा रसिया रहेको छ । त्यहाँ ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित हुँदा २ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३ सय ९२ जना निको भएर फर्केका छन् ।
स्पेनमा २ लाख ७८ हजार ८ सय भन्दा बढी संक्रमित फेला परेका छन् त्यहाँ ज्यान गुमाउनेको संख्या २७ हजार ७ सय भन्दा बढी छ ।
ब्राजिलमा २ लाख ७१ हजार ८ सय ८५ जना संक्रमित हुँदा १७ हजार ९ सय ८३ जनाको ज्यान गएको छ ।
धेरै नेपालीहरुले ज्यान गुमाएको मुलुक बेलायतमा संक्रमितको संख्या २ लाख ४८ हजार ८ सय १८ पुग्दा ३५ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । रोचक कुरा त के छ भने बेलायतमा अहिलेसम्म एकजना पनि यो रोगबाट निको भएका छैनन् ।
केही समयअगाडी महामारीकै रुपमा इटालीमा कोरोना फैलिएको थियो । अहिले सो देशमा कोरोनाको संक्रमण अलिक मत्थर हुँदै गएको छ । २ लाख २६ हजार ६ सय ९९ जना संक्रमित हुँदा ३२ हजार १ सय ६९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा १ सय ६२ जनाको ज्यान गएको छ ।
नेपालमा अहिलेसम्म ४ सय २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ४५ जना निको भएर फर्केका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।