
काठमाडौँ –काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।
मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनी भाइसँगै बस्दै आएका थिए ।
संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ ।
मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।
रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो ।
भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको खुलेको प्रहरीले जनाएको छ ।
जेठ २ गते शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा पीसीआर प्रतिविधिबाट परीक्षण भएको थियो ।
संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको छ ।
सरकारले आधिकारिक धारणा दिएकाे छैन ।