विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड–उपचार केन्द्रमा उपचाररतः ८ जनाले कोरोना जितेका छन् ।
उदयपुरको भुल्के क्षेत्रका ३ जना नागरिकसहित भुल्केस्थित मस्जिदमा संक्रमित देखिएका ५ जना भारतीय नागरिक कोरोना भाईरस मुक्त भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा गत बैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो.सबिर, मो.सलौना, अहमद साइद, सलमान खान र मोरिस खान रहेका छन् ।
यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ–५२, गुड्डु आलम–१८ र मुस्ताकी–६६ वर्षीय भएको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दियो ।
उदयपुरका तीनजना नागरिकमा बैशाख ९ गते संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज भएकाहरुमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदउपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाईने भएको छ ।
कोभिड–१९ उपचार केन्द्रबाट यस अगाघि १७ जना डिस्चार्ज भईसक्नु भएको छ ।
बुधबार ८ जनासहित विराटनगरबाट कोरोना परास्त गर्ने २५ जना पुगेको छ ।