लमजुङ । काठमाडौंमा बस्दै आएका एक ३ वर्षका बालकमा पनि कोरोना पुष्टि भएको छ ।
उनी लमजुङका उनी आफ्ना परिवारका साथमा काठमाडौं महानगरपालिका वडा नं १६, वनस्थली बस्दै आएको बताइएको छ ।
तर उनीहरु काठमाडौंमा कहिले देखि बस्दै आएका हुन् भन्ने कुरा भने खुलेको छैन ।
ति बालक काठमाडौंमै रहेको बेलामा कोरोना पुष्टि भएको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मुलुकभरको कोरोनाको अवस्थाका बारेमा दिएको जानकारकिा क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो ।
यो जानकारी संगै लमजुङमा पहिलो पटक कोरोना पुष्टि भएको बताइएको थियो ।
तर ति बालक परिवारका साथ काठमाडौंमै रहेको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि आफुहरुले खोजी गर्दा उनी काठमाडौंमै रहेको बुझिएको बताएका छन् ।
ति बालकको कोरोना परिक्षण शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको थियो ।
परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।