
नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको अपुष्ट खबर आएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए।
‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने काम भइरहेको छ,’ मन्त्री बरालले भने।
यस समाचारलाई पुष्टि गर्ने क्रममा हामीले बुटलबलको क्रिमसन अस्पतालको सूचना अधिकारी चन्द्रकान्त बस्याललाई सम्पर्क गर्यौं ।
हामीसँगको टेलिफोन सम्पर्कमा बस्यालले भने, “उहाँको निधन भएको छैन । मन्त्रिज्यूलाई कसैले गलत सूचना दियो । त्यही सूचना मन्त्रिज्यूले सञ्चारमाध्यमलाई दिनुभयो ।”
हामीसँग ११ बजेर ५ मिनेटमा टेलिफोनमा कुरा गर्दा बस्यालले उनको अवस्थामा खासै सुधार नआएको बताए । उनी भन्छन्, “केही भएको खण्डमा अस्पताले प्रेस विज्ञप्ती निकालेर सार्वजनिक गर्छ । हल्लाको पछि नलागौं ।”
मन्त्रिको र अस्पतालको सूचना अधिकारीको कुरा बाँझिएपछि वास्तवमा के भएको हो भन्ने कुरा सतहमा आउन सकेको छैन ।
पढ्नुहोस् यो पनि
अस्पताल स्रोत भन्छ : विरामीलाई केही भएको छैन, मन्त्रिलाई गलत सूचना दिइयो