
नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।
नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोना पोजेटिभ देखिएको हो ।
स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ ।
उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए ।
ब्यारेकमा ९० जना बस्ने गरेका छन् ।
बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन सकेको छैन ।
कोरोनाको संक्रमण देखिएकाले अब के गर्ने भन्ने बारेमा प्रहरीमा छलफल भैरहेको छ । अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुनेछ ।
मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो।
र यो पनि पढ्नुहोस् :