
झापाको एकै गाउँपालिकाका ५ वडामा कोरोना संक्रमित भेटिएपछि ती वडा सिल गरिएको छ ।
कचनकवल गाउँपालिका १ देखी ५ वडा सम्मका १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नी वडा सिल गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सो पालिकामा सात वडा रहेका छन् ।
त्यस मध्ये ५ अन्य तह सँग जोडिएका ५ वडा सिल गरिएको हो ।
शनिबार भारतको मुम्बईबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।
उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा कोरोना पुष्टि भएको थियो ।
उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको छ ।
सोही पालिकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १ सय ४६ नेपाल प्रवेश गरेका छन् ।