२०७७ साल जेठ कृष्ण्पक्ष ७ गते बुधवार त्रयोदशी तिथि अश्विनी नक्षत्र चन्द्रमा मेष राशिमा ।
मेष राशि : भाग्योदयको समय छ । नयाँ काम वन्ने तथा आर्थिक लाभको समय छ । गरेको कममा राम्र राम्रो सफलता प्राप्तहुनेछ ।
वृषः धन हानिको समय छ । बोल्दा विचार गर्नुहोला अन्यथा झगडाको सामना गर्नु पर्ने हुन सक्छ । अचल सम्पतिको किनबेच हुन सक्छ ।
मिथुनः पराक्रम वढ्नुका साथै दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ । मन प्रसन्न हुनेछ । मनमा भएको द्वन्द कम भएर जानेछ ।
कर्कट : आमाको स्वास्थ्यमा समस्या थियो भने कम भएर जानेछ । आर्थिक समस्या पर्न सक्छ । आफ्नो घर भन्दा टाढा बसेकाहरुलाई घर परिवारको यादले सताउने छ ।
सिंहः दाम्पत्य जीवन राम्रो हुनेछ । प्रेममा आएको वाधा हटेर जानेछ । सन्ताको क्षेत्रवाट शुभ समाचार सुन्न पाउनु हुनेछ ।
कन्याः शत्रु परास्त हुनुका साथै काममा आएको बाधा हटेर जानेछ । स्वास्थ्य समस्याले भने सताइरहनेछ । घर परिवार सँगको सम्वन्ध राम्रो हुनेछ ।
तुला : जीवनमा देखिएका बाधा अड्चनहरु हट्दै जानेछन् । नयाँ कामहरु बन्नेछन् । केही व्यक्तिहरुमा अल्छीपन बढेर जाने देखिएको छ । घर परिवारसँग मनमा असन्तोषको भावना उत्पन्न हुने देखिएको छ ।
वृश्चिक : यो राशिको लागि खासै राम्रो समय छैन । स्वस्थ्य,काममा,अध्यन क्षेत्रमा संम्यमता अपनाउनु होला ।
धनु : सन्तान सुखको समय छ । कृषि क्षेत्रमा लाग्नुहुने व्यत्तिहरुको लागि राम्रो समय छ । आर्थिक लाभको समय देखिन्छ ।
मकर : मन असन्तोष रहने छ घर परिवारको कारण दाम्पत्य जीवनमा मत मतान्तर हुन सक्छ सम्यमता अपनाउनु होला । खान पिनमा विचार नगर्दा स्वास्थ्य समस्या हुनेछ ।
कुम्भ : राम्रो दिन छ घर परिवार वाट सहयोग प्राप्तहुनेछ । काममा आएको वाधा हटेर जानुका साथै नँया काम हातपर्न सक्नेछ ।
मीन : वाणीमा मधुरता वढ्नेछ कुटुम्वको सहायोगको कारण महत्वपूर्ण काम वन्ने देखिन्छ । गरेको काममा प्रसम्शा प्राप्तगर्नु हुनेछ ।