
मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझिएको छ।
काठमाडौं-९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले ती युवा उक्त टोलका स्थानीय भने नभएको बताए।
‘उनी रौतहटबाट काठमाडौं आएका हुन्। मजदूरी काम गर्दा रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘लकडाउनपछि वैशाख १५-१६ गतेतिर रौतहट गएको र २६ गते छोरी लिएर काठमाडौं फर्केका रहेछन्।’
काठमाडौं आएपछि उनी आफैं टेकु गएर कोरोनाको परीक्षण गराएका थिए।
परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि सोमबार नै एम्बुलेन्समा राखेर अस्पताल लगिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
ती युवामा कोरोना देखिएपछि उनकी श्रीमती र छोरीहरूसहित उक्त घरमा बस्ने ९ जनामा आरडिटी परीक्षण गरिएको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ।
‘पिसिआर परीक्षणका लागि पनि स्वाब पठाएका छौं। त्यसको रिपोर्ट नआउन्जेल उक्त टोल सिल गरिएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने।
काठमाडौंमा आजै थपिएका अर्का संक्रमित भने बागबजारको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ।
कोरोना भाइरसबाट नेपालमा संक्रमित हुने व्यक्तिको संख्या ४०२ पुग्दा यो भाइरस ३८ जिल्लामा फैलिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ३६ जिल्लामा संक्रमण फैलिएको बताएपनि संक्रमण ३८ जिल्लामा फैलिएको हो ।
हेर्नुहोस् कुन जिल्लामा कति संक्रमित ?
जिल्ला | कुल संक्रमित | ज्यान गुमाउने | निको भएका |
---|---|---|---|
जम्मा | ४०२ | २ | ३७ |
बाँके | ९३ | १ | |
पर्सा | ९१ | ३ | |
कपिलवस्तु | ४६ | ||
उदयपुर | ३३ | १५ | |
रुपन्देही | २८ | १ | |
रौतहट | २२ | १ | |
झापा | १२ | २ | |
काठमाडौं | ११ | ४ | |
धनुषा | ९ | ||
कैलाली | ४ | ४ | |
दाङ्ग | ४ | ||
बारा | ४ | ||
मोरङ्ग | ४ | ||
सर्लाही | ४ | ||
चितवन | ३ | २ | |
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | १ | |
भक्तपुर | ३ | ||
बाग्लुङ | २ | २ | |
बर्दिया | २ | ||
मकवानपुर | २ | ||
सुनसरी | २ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
नवलपरासी (पश्चिम) | १ | ||
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सप्तरी | १ | ||
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
धनकुटा | १ | ||
गुल्मि | १ | ||
खोटाङ्ग | १ | ||
दैलेख | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ |