
बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर मात्र खान डाक्टरले सुझाब दिएका छन् ।
कोरोना भाइरस खाद्यवस्तुको सतहमा पनि रहने भएकाले बाहिरबाट ल्याइएका तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरले सुझाव दिएका हुन् ।
खानाका प्याकेटबाट कोरोना भाइरस सर्ने सम्भावना नभएपनि खाद्यवस्तुको सतहमा हुने भाइरस तरकारी र खानेकुरामा पस्न सक्ने भएकाले घरभित्र छिराउँदा सफा गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।
भाइरसलाई बाँच्न आवश्यक पर्ने कोष तरकारी र खानेकुरामा नहुने तर तरकारी र खानेकुराको सतहमा रहेको भाइरस छोएर शरीरमा सर्ने जोखिम भएकोले सफा गरेर मात्र खान उनीहरुले आग्रह गरेका हुन् ।
थुकको छिटाबाट कोरोना सर्न सक्ने भएकोले व्यक्तिगत दूरी कायम राख्न र समय समयमा हात मिचीमिची साबुनपानीले धुने जस्ता सुरक्षाका उपाय अपनाउन पनि आम मानिसहरुमा आग्रह गरिएको छ ।