
मंगलबार नेपालमा २७ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार केही नयाँ जिल्लामा पहिलोचोटी संक्रमण भेटिएको हो । ललितपुर र रामेछापमा यसअगाडी संक्रमण देखिएको थिएन । आज दुवै जिल्लाहरुमा १-१ जना संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ३६ पुगेको छ ।
काठमाडौं उपत्यकामा पाँच जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो।
त्यस्तै गरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ।
अहिलेसम्म ३४० जना पुरुष र ६२ जना महिलामा संक्रमण भेटिएको हो ।
प्रदेशगत हेर्ने हो भने प्रदेश १ मा ५४ जना प्रदेश २ मा १३६ जना बाग्मती प्रदेशमा २७ जना गण्डकी प्रदेशमा ४ जना प्रदेश ५ मा १७६ जना कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।