
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र नेपाली ल्याउन सजिलो नभएको प्रतिक्रिया दिएका छन्।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले कतारले नेपालबाट आफ्ना नागरिक चार्टड गरेजस्तो सजिलो लाखौँ नेपालीलाई नेपाल ल्याउन सम्भव नभएको बताएका हुन्।
उनले कतार, बहराइनलगायत मुलुकका राष्ट्रप्र मुखहरुसँग कुराकानी गरिरहेको पनि बताए।
विदेशका राष्ट्रप्रमुखहरुले नेपालीलाई आफ्ना नागरिकसरह व्यवहार गर्ने बताएको पनि दाबी गरे।
विदेशबाट अहिले तत्कालै नेपालीहरुलाई नेपाल ल्याए त्यो व्यवस्थावपन गर्न र क्वारेन्टाइनमा राख्न समस्या हुने उनले बताए। अहिले वास्तवमै पीरमर्का परेका विदेशमा रहेका नागरिकलाई सरकारले उद्धार गर्ने पनि उनले बताए।
कतारले डेढ दुई सय मानिस लगेजस्तो ४ लाख नेपाली ल्याउन सहज नभएको पनि उनको भनाइ थियो।
यस्तै उनले ४०/४५ लाख नेपाली विदेशमा रहेका उनीहरु सबैलाई अहिले स्वदेश ल्याउन नसकिने बताए । ‘४५ लाख नेपाली विदेशमा छन्, अन्य देशले एक सय आफ्ना नागरिकलाई फिर्ता लिए जस्तो यो होइन, ४५ लाख मानिसलाई स्वदेश ल्याउन कति समय लाग्छ ? कति जहाज चाहिन्छन् ?,’ उनले भने । उनीहरुलाई हचुवाका भरमा नेपाल ल्याएर पुरै देशलाई भद्रगोल बनाउन आफु नचाहने उनको भनाई छ ।