
२०७७ साल जेठ कृष्ण्पक्ष ६गते मंगलवार द्वादशी तिथि रेवती नक्षत्र चन्द्रमा मीन राशिमा ।
मेष: झगडामा पर्न सक्ने समय छ । खर्च वढ्नुका साथै स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्नेछ । साझेदारी काम वाट लभ प्राप्तहुनेछ ।
वृषः दाजुभाइ दिदीबहिनीसँगको सम्वन्ध राम्रो हुने तथा गरेको काममा लाभ प्राप्तहुनेछ । सन्तान सुखको योग छ । दाम्पत्यजीवन वा प्रेम सम्वन्धमा भएको वाधा हटेर जनेछ ।
मिथुनः सोचे अनुसारको काम नहुदा मन खिन्नहुनेछ । घर परिवार सँगको सम्वन्ध राम्रो भएर जानेछ । चोट पटकको सम्भावना छ सतर्क रहनु होला ।
कर्कट : भाग्यमा रोकिएर बसेको काम वन्ने संकेतले गर्दा मन रमाउने छ । नसोचेको ठाँउ वाट लाभ प्राप्तहुनेछ । तथा पीताको स्वाथ्यमा आएको समस्या कम भएर जानेछ ।
सिंहः स्वास्थ्यमा समस्या आएर चिन्तामा हुनुहुन्थ्यो भने स्वास्थ्य लाभ हुनेछ । विदेश क्षेत्रवाट लाभ प्राप्त हुन सक्नेछ । विदेशमा काम गरेको व्यत्तिलाई लाभको समय छ ।
कन्याः काममा नयाँ पाटनर आउन सक्नेछ । दाम्पत्य जीवनमा वा प्रेममा आएको मत मतान्तर कम भएर जानेछ । स्वास्थ्य समस्या भएर वस्नुहुने व्यत्तिहरुले स्वस्थ्यको विचार गर्नुहोला ।
तुला: पेट, छालाको समस्या आउन सक्छ खान पिनमा विचार गर्नुहोला । झुटा आरोप लाग्न सक्नेछ संम्यमता अपनाउँदा राम्रो हुनेछ ।
वृश्चिक:प्रेम क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुनेछ । विद्यार्थीको लागि राम्रो समय छ । धन आर्जनको सम्भावना छ ।
धनु: घरायसी समस्याले सताउने छ । कुनै कुराको कारणले गर्दा मनमा चिन्ता वढ्ने छ । साथी भाइसँगको सम्वन्धमा समस्या देखा पर्न सक्ने छ ।
मकर: गरेको काममा लाभ प्राप्त हुने तथा नसोचेको ठाँउवाट धन प्राप्त गर्न सक्ने समय छ । मनमा आनन्द छाउने तथा दाम्पत्य जीवनको भरपुर सुख प्राप्त गर्न सक्नु हुनेछ ।
कुम्भ: आफन्त वा साथीभाइ मिलेर गरेको काममा बाधा आउने छ । गर्न आटेको महत्वपूर्ण काम विग्रिने छ । यात्रा गर्दा विचार गर्नु होला अन्यथा समस्या आउने छ ।
मीन : जागिरवाट लाभ प्राप्तहुनेछ । अहिले तयार गरिएका योजनाहरुले भविष्यमा ठुलो सफलता दिलाउने छ । पराक्रम वढ्नुका सथै मान सम्मानमा वृद्धि हुनेछ ।