
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।
कर्णाली प्रदेशको दैलेखमा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै खोटाङ, सुसनरी, बाँकेमा गरी १८ जना नयाँ संक्रमित भेटिएको सोमबार राति विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
दैलेखका संक्रमित कर्णाली प्रदेशकै पहिलो संक्रमित हुन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।