
झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
कचनकवल गाउँपालिका –६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार चार दिनअघि भारतबाट आएका व्यक्तिको पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकोमा पोजेटिभ देखिएको हो । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गर्न बाँकी छ ।
यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि झापाको दमक र बाह्रदशीमा एक/एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।
जसमध्ये बाह्रदशी गाउँपालिकाका संक्रमित व्यक्ति कोरोना उपचारपछि निको भएर घर फर्केका छन् भने दमकका संक्रमित व्यक्ति विराटनगरमा रहेको अस्थाई कोरोना अस्पतालमा उपचार गराइरहेका छन् ।
झापामा थप एक संक्रमित भेटिएसँगै प्रदेश १ मा संक्रमितको संख्या ४१ पुगेको छ भने देशभर ३५८, जसमा २९९ जना पुरुष छन् भने ५९ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।