
मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
जन्मथलो पाँचथर जिल्ला भई झापा हल्दिबारी स्थायी घर भएका र रोजगारको सिलसिलामा मलेसिया पुगेका जिबन कुमार घिसिंङको आइतवार मृत्यु भएको हो ।
अन्दाजी ३२ वर्षका उनको हृदयघातका कारण मृत्यु भएको उनको परिवार स्रोतले जनाएको छ ।
सात वर्ष अघि मलेशिया गएका जोरभारु कम्पनीमा कार्यरत उनको लकडाउनको समयमा आफ्नै कोठाको कुर्सीमा बसिरहेको क्रममा एक्कासी कुर्सीबाट लडेर हृदयघातका कारण उनको मृत्यु भएको बताइएको छ ।