
गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको हो। भैरहवाको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।
उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए । उनले भने, ‘कसरी कोरोना लाग्यो, हामी अचम्ममा छौं ।’ उनमा कसरी कोरोना सर्यो भन्ने अझै खुलिसकेको छैन ।
आइसीयूमा उपचाररत बिरामीलाई कोरोना देखिएपछि बुटबलको क्रिमसन अस्पताल सिल गरिएको छ ।
उनलाई कोरोना भाइरस पुष्टि भएपछि उनी उपचाररत् अस्पताललाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सक, नर्सहरूलाई अलग राखेर परीक्षणको तयारी थालिएको अस्पताल प्रशासनको भनाइ छ ।
गुल्मी जिल्लाका कुनै पनि व्यक्तिलाई यसअगाडी कोरोना पोजेटिभ देखिएको थिएन यो पहिलो केस हो । गुल्मि जिल्लामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ३१ पुगेको छ ।
संक्रमितको संख्या ३५७ पुग्दा २९८ जना पुरुष रहेका छन् भने ५९ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् । अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन् ।
भिडियो