आइसीयूमा उपचाररत बिरामीलाई कोरोना देखिएपछि बुटबलकाे अस्पताल सिल गरिएकाे छ ।
आज भैरहवाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका गुल्मि जिल्लाका ४१ वर्षिय पुरुष आइसीयुमा उपचार गरिरहेका व्यक्ति भएको खुलेसँगै उक्त्त अस्पताल सिल गरिएकाे हाे ।
उनलाई कोरोना भाइरस पुष्टि भएपछि उनी उपचाररत् अस्पताललाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक, नर्सहरूलाई अलग राखेर परीक्षणको तयारी थालिएको अस्पताल प्रशासनको भनाइ छ ।
उनलाई निमोनिया भएको भन्दै उपचारका लागि ल्याइएको थियो ।
उपचारमा ल्याउने क्रममै उनको पीसीआर परीक्षण गरिएको थियो ।
भैरहवा गहुबाली अनुसन्धान केन्द्रमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर केसीले उनी गाउँमै बस्दै आएको बताए ।
संक्रमण कसरी भयो भन्ने केही भन्न नसकिने उनको भनाइ छ ।
‘उहाँ बाहिर कहीँ पनि जानु भएको थिएन ।
कसरी कोरोना भयो थाहा छैन’ उनले भने– ‘उहाँको सम्पर्कमा आउनु भएकाहरूको खोजी भइरहेको छ ।’
गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
भैरहवाको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।
गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचाररत् अस्पताल सिल गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १ जेठमा क्रिमशन अस्पताल तिलोत्तमामा उपचारका लागि लगिएको थियो ।