
नेपालमा सोमबार ५३ जना कोरोना संक्रमित भेटिएका छन् ।
भेटिएका संक्रमितमध्ये बाँके जिल्लामा ४७ जना छने भने धुलिखेलमा गरिएको परिक्षणमा ४ जना र मोरङ्ग र भैरहवा १-१ जना रहेका छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ पुष्टि भएको संक्रमितको बारेमा जानकारी दिएका हुन् । उनका अनुसार बाँकेमा भेटिएका ४७ जनामध्ये ४६ जना पुरुष हुन् भने १ जना महिला हुन् । त्यस्तै गरी धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पोजेटिभ देखिएका व्यक्तिरु धनुषा रौतहट दाङ्ग र धादिङ्ग जिल्लाका हुन् ।
त्यस्तैगरी भैरहवमा भेटिएका संक्रमित व्यक्ति ४१ वर्षिया पुरुष हुन् र उनको स्थायी ठेगाना गुल्मी हो । गुल्मि जिल्लाका कुनै पनि व्यक्तिलाई यसअगाडी कोरोना पोजेटिभ देखिएको थिएन यो पहिलो पटक हो । यसरी संक्रमित जिल्लाको संख्या ३१ पुगेको छ ।
मोरङ्गमा भेटिएका युवक केही दिनअघि भारतबाट आएको खुलेको छ ।
संक्रमितको संख्या ३५७ पुग्दा २९८ जना पुरुष रहेका छन् भने ५९ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् । अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन् ।
भिडियो