
एजेन्सी – बलिउड लोकप्रिय स्टारद्धय रणवीर सिंह र अनुष्का शर्मा कुनै समय गहिरो प्रेममा रहेको चर्चा बेला बेलामा भारतीय मिडियामा छाइरहन्छ ।
यी दुई चर्चित कलाकार सफल बन्दै गएपछि विस्तारै सफल र निकै चर्चित भएपछि दुवैले बाटो परिवर्तन गरे र आ आफुले खाजेका पार्टनरहरुसँग विवाह पनि गरे ।
तर हालैको एक अन्तरवार्तामा रणवीरले अनुष्कालाई जिस्काई रहेको युवकबाट बचाउन उनी आफ्नो प्रेमीका भएको भन्दै युवकसँग झोक्किदै ‘मुख सम्हालेर बोल १ अनुष्का मेरी प्रेमिका हुन् ।
म तेरो नाक भाँचिदिन्छु ।’ भनेर बोलेको डाइलग सम्झिएका छन् ।
घटना २०११ तिरको हो रणवीरले भने ।
रणवीरले भारतीय म्यागाजिन वेमेनसेरालाई दिएको अन्तर्वार्तामा भने एउटा केटाले अनुष्कालाई जिस्काउँने र दुख दिने गर्न थालेपछि मैले उक्त जुक्ती अपनाएको हुँ ।
यद्यपी रणवीर र अनुष्काले एक अर्काको प्रेममा रहेको कुरा इन्कार गर्दै मिल्ने साथी मात्रै भएको बताउँदै आएका छन् ।
हाल रणवीर प्रेमीका दीपिका पादुकोण र अनुष्का प्रेमी क्रिकेटर विराट कोहलीसँग विबाह बन्धनमा बाँधिएका छन् ।