
गत बिहिबार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको शिशुलाई सहयोग मिल्ने भएको छ ।
आमा गुमाएका शिशुको १ देखि १२ कक्षासम्म अध्ययनकालागि पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिम्मा लिने घोषणा गरेका छन ।
बस्नेतले तत्कालै शिशुको पौष्टिक आहारका लागि ५० हजार आर्थिक सहयोग पनि गर्ने भएका छन ।
आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।
१२ कक्षा पछि पनि थप उच्च शिक्षा अध्ययनका लागि र रोजगारीको व्यवस्थाको पहल समेत गर्ने बस्नेतले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको नवजात शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ
कारोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया युवतीको शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहि श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएको थियो ।