
आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।
बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर का २९ वर्षिय महिला र ३४ ३६ वर्षिय पुरुष हुन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टी भएको हो।
संक्रमितमध्ये ३६ जना निको भएका छन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई विराटनगर स्थित कोरोना उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको सो अस्पतालले जानकारी दिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ भने १७ जना डिस्चार्ज भएर गएका छन् । १९ जनाको उपचार भइरहेको छ ।
यस अघि प्रदेश १ मा उदयपुरका ३३ जना, झापामा २ जना, भोजपुरमा १ जना, मोरङमा २ जना र धनकुटामा १ जना कोरोना सक्रकित भेटिएका हुन ।