
बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी हुने भएका छन् । उनको अन्तिम संस्कारमा मात्रै १५ जना उपस्थित हुने भारतिय संचार माध्यमले जनाएको छ । आज भएको असहमाहिक निधले बलिउड शोकको घडिमा पुगेको छ ।
उनकाे अन्त्येष्टीमा सहभागि हुनेहरुकाे सुची
दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्। सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।
उनले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत जितेका थिए। उनको खास नाम ऋषि राज कपुर हो। बाल कलाकारका रुपमा बलिउडमा डेब्यू भएका ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग ‘बबी’ सिनेमाबाट डेब्यू गरे। सन् १९७३ मा रिलिज भएको सो सिनेमा त्यतिबेला निक्कै चलेको थियो। उनले सो सिनेमाबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए।
त्यसपछि उनले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरे। उनले अधिकाशं सिनेमामा रोमान्टिक भूमिका निभाएका छन्। सन् २०११ मा ‘दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जितेका थिए। अभिनेत्री नितु सिहंसँह विवाह-वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए।