
काठमाडौं । सुलभ अग्रवाल पुन: प क्राउ परेका छन् । थर्मल गन कालोबजारी गर्दागर्दै रं गे हात पक्रा उ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शु द्धिकरण विभागले अनुसन्धान गर्ने भएपछि महानगरीय परिसर काठमाडौंले अदालत परिसरबाटै प क्राउ गरको हो ।
अग्रवाललाई बिहिबार जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौ टीमा रि हा गर्न आदेश दिएको थियो ।
अर्बपति व्यापारी सुलभलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश
अर्बपति व्यापारी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा बिहीबार थुनछेक बहसपछि न्यायाधिश ब्रजेशकुमार प्याकुरेलको इजलाशले उनलाई २५ लाख ५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले मंगलबार सुलभलाई कालोबजारी तथा केही सार्वजनिक अपराध ऐन–०३२ को दफा २(क), ३(१) तथा (५) मा उल्लेखित कसुरमा मुद्दा दर्ता गरेको थियो ।
शंकर ग्रुपका मालिक सुलभ कीर्गिस्तानका अवैतानिक दूत समेत थिए ।
सार्वजनिक पद दुरुपयोगसहित तीनवटा कसुरमा उनलाई एक वर्षभन्दा बढी सजायको मागदावी लिएर अदालमा मुद्धा दायर गरिएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख हरिप्रसाद रेग्मीले बताए ।
फागुन २५ मा पक्राउ परेका सुलभलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
तर, एक वर्षभन्दा बढी कैद सजाय हुने कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्न नमिल्ने संवैधानिक व्यवस्थाअनुसार सुलभको मुद्दा अदालतमा दर्ता गरिएको थियो ।