
काठमाडाैं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएकाे किचलोले कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकसमेत प्रभावित भएकाे छ। यसअघि दुई दिन बिराएर बस्ने गरेकाे समितिको बैठक ६ दिनसम्म पनि नबसेपछि नेकपा विवादको छायामा समिति परेकाे टिप्पणी हुन थालेकाे छ। अहिले नेकपामा उत्पन्न विवाद उत्कर्षमा पुगेपछि समितिकाे बैठक बस्न छोडेको हो।
लामो समयसम्म जारी लकडाउनको ढाँचा कस्तो बनाउने भन्ने विषयमा सरकारले मुख्यसचिव लोकदर्शन नेतृत्वको कार्यदललाई जिम्मा लगाएको छ। तर ६ दिनसम्म पनिसमितिकाे बैठकसम्म बस्न सकेकाे छैन।
उक्त कार्यदलले लकडाउनको ढाँचा बनाउन खासै चासाे नदिएकाे समितकै एक सदस्यले बताए। उनकाअनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रमका कारण उच्चस्तरीय समितिका संयोजक रक्षा मन्त्री ईश्वर पोखरेल नै निष्कृय देखिएका छन्। ‘उच्चस्तरीय समिति बैठक कहिले बस्ने भन्नेबारे अहिले कुनै छलफल भइरहेको छैन,’ पोखरेलनिकट स्रोतले भन्यो।
कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन सुरू भएको बिहीबार ३८ दिन पुगेको छ। यसबीचमा देशभर ५७ जना कोरोना संक्रमित बिरामी फेला परेका छन्।
कोरोनापछि प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावले बामदेव ‘मख्ख’
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।
नेकपामा विवाद चर्किको बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।
उनले कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेकेा उनले बताए ।
प्रधानमन्त्री छाड्न्नै पर्ने हो भने नयाँलाई दिने भन्दै बामदेव गौतमलाई प्रक्रिया मिलाएर बनाउने पहिलो अध्यक्ष केपी ओलीको प्रस्तावमा ईश्वर पोखरेल र बिष्णु पौडेलको समर्थन जनाएका छन् । त्यस्तै बामदेबले बिधिसम्मत प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।