
काठमाडौं – बलिउडका चर्चित अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ। बुधबार बिहान निधन भएका इरफानको आज साझँ नै मुम्बईमा अन्त्येष्टि गरिएको हो । भारतिय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए ।
#KapilSharma arrives to attend the funeral ceremony of #IrrfanKhan. #RIPIrrfanKhan pic.twitter.com/4zszdd3yqL
— Filmfare (@filmfare) April 29, 2020
इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो । लकडाउनको समयमा उनको निधन हुँदा दुरी कायम गरी अन्त्येष्टि गरिएको हो । आजभन्दा ४ दिनअघि इरफानकी आमाको निधन भएको थियो ।

बलिउड अभिनेता इरफान खानले जीवनमा धेरै सिनेमा खेले। उनका जीवनका अन्तिम दिन सिनेमाका घटनाजस्तै बने।
५४ वर्षको उमेरमा बुधबार बिहान संसार छोडेका इरफान खानले ४ दिनअघिमात्रै आफ्नै आमा गुमाएका थिए।
उनकी ९५ वर्षीय आमाको शनिबार निधन भएको थियो। राजस्थानको जयपुर सहरमा आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए। उनी आमाको अन्तिम संस्कारमा आउन पाएनन्। कोरोनाभाइरसको संक्रमण रोक्न भारतभर लकडाउन भएकाले सयौं किलोमिटर टाढा जान उनी सकेनन्।
आमा गुमाएको मंगलबार इरफान आफैं अस्पताल भर्ना भए। बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।
जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
गत शनिबार उनकी आमाको निधन भएको थियो।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।