
बुधबार बलिउड अभिनेता इरफान खानको असमायिक निधन भएको छ। कुशल अभिनेता खानको निधनले बलिउड क्षेत्र शोकमग्न बनेको छ। उनको मृत्युलाई लिएर अहिले बलिउडाका दिग्गज कलाकारदेखि भारतीय रजानीतिकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रसिद्ध अभिनेता इरफान खानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विट मार्फत मोदीले विश्व सिनेमा क्षेत्रका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन्
Irrfan Khan’s demise is a loss to the world of cinema and theatre. He will be remembered for his versatile performances across different mediums. My thoughts are with his family, friends and admirers. May his soul rest in peace.
— Narendra Modi (@narendramodi) April 29, 2020
Too saddened to hear about the passing away of one of the most charismatic actors- #IrrfanKhan !
Your acting style was characteristically your own.
And hence, immensely admirable and inspiring!
I will surely miss your brilliance!!Prayers and Condolences to the family. ?♂️ pic.twitter.com/YfNMlk08xZ
— Ashutosh Gowariker (@AshGowariker) April 29, 2020
अभिनेता इरफान खान यांच्या निधनामुळे हिंदी चित्रपट सृष्टीने एक मेहनती, अष्टपैलू अभिनेता गमावला आहे. दुर्धर असा कॅन्सर झाला असून सुद्धा न खचता, सकारात्मकतेने इरफान यांनी हे वास्तव स्वीकारले आणि उपचार सुरू असतांना परत उत्साहाने उभे राहिले.
— CMO Maharashtra (@CMOMaharashtra) April 29, 2020
It was an honour meeting him,knowing him, working with him, being around him and seeing how he does what he does so effortlessly. I wish I could have more of him, we could have more of him. Will miss #IrrfanKhan sir , the man, the talent, the LEGEND. RIP?????? pic.twitter.com/WulBXon43d
— kiku sharda (@kikusharda) April 29, 2020
Sad to hear the news of #IrrfanKhan passing away. He was one of my favorites & I’ve watched almost all his films, the last one being Angrezi Medium. Acting came so effortlessly to him, he was just terrific.
May his soul Rest In Peace. ??
Condolences to his loved ones. ☹️ pic.twitter.com/gaLHCTSbUh— Sachin Tendulkar (@sachin_rt) April 29, 2020
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
शनिबार मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।
लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।
तलको भिडियोबाट हेर्नुहोस बलिउड सिनेमाकर्मी अनुपम खेरले व्यक्त गरेको दु:ख