
बलिउड अभिनेता इरफान खानको निधन सँगै बलिउड मात्रै हैन कलिउड अर्थात नेपाली सिनेमाकर्मीहरु पनि चिन्तिन भएका छन् । ।
नेपालीका कलाकारहरुले पनि उनको निधनमा दुखी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
नेपाली कलाकार दिपकराज गिरीले लेखेका छन्, “एउटा अत्यन्त मन पर्ने कलाकारको मृत्युको खबरले सार्है दुखित तुल्यायो … कलाकार इरफान खान प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछू !!!”
त्यस्तै नायिक वर्षा शिवाकोटीले पनि दुखी भएको बताएकी छिन् । उनले फेसबुमा लेखेकी छिन्, राम्रो मान्छे भगवान् को पनि प्यारो हुन्छन ! !Rest In Peace , Irrfan Khan !! Will miss you on the screen”
केकी अधिकारीले पनि दुख व्यक्त्त गरेकी छिन् ।
त्यस्तै नायिका नम्रता सापकोटाले बलिउड हंगामा को तस्विर शेयर गर्दै इरफानको निधनले आफूलाई दुखी तुल्याएको बताएकी छिन् ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
शनिबार मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।
लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।
हाम्रो तर्फबाट पनि इरफान खानलाई हार्दिक श्रद्धान्जली ।