
धनगढी : पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रह रीले प क्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्य रातमा प्र हरीले प क्राउ गरेको हो।
धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । ‘बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा प क्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले भने
प्र हरीका अनुसार प क्राउ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरीलाई बयान दिएका छन् । प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।