
काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । बैशाख १६ गते सिन्धुपाल्चोकमा जन्मेकी उनले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् ।
चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो गीत गाउछु, प्रेम गीत, अझै पनि, रामकहानी, पोई पर्यो काले लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय उनी कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण घरमै छिन् ।
चैत २३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसको कारण स्थगित भएपछि अहिले नायिका पूजा शर्मा फुर्सदमा छिन् । तर, उनको सामाजिक सञ्जालमा भने झनै चुलिएको छ ।
केही समय अगाडि लकडाउनको प्रभावमा परेका चलचित्र प्राविधिक परिवारलाई नायिका शर्माले घरमै पुगेर राहत वितरण गरेकी थिइन् । त्यसपछि अर्की नायिका सुष्मा कार्की सँग नाम जोडेर अहिले फेरि पूजा शर्मा जताततै चर्चा चलिरहेको छ ।