
बलिउड अभिनेता इरफान खानको निधन भएपछि विश्वभरबाट उनलाई श्रद्धान्जली आइरहेको छ । उनको निधन भएको एक घन्टा पनि नबित्दै ट्विट्टरमा #Irrfankhan ह्यासट्याग ट्रेन्डिङ्गमा आएको छ । यो समाचार तयार पार्दासमम १ लाख ४१ हजार ट्वविट भैसकेका छन् ।
बलिउड सुपरस्टार अभिताब बच्चनले उनी एक सफल कलाकारकाे निधनले आफु दुखी भएकाे बताएका छन् ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
अहिले ट्वीटरमा उनलाई श्रद्धान्जली दिनेको ओईरो लागेको छ ।
हेरौ उनको ट्वीट
T 3516 – .. just getting news of the passing of Irfaan Khan .. this is a most disturbing and sad news .. ?
An incredible talent .. a gracious colleague .. a prolific contributor to the World of Cinema .. left us too soon .. creating a huge vacuum ..
Prayers and duas ?— Amitabh Bachchan (@SrBachchan) April 29, 2020
खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए।
र यो पनि पढ्नुहोस् :