
काठमाडौं । सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले नेतृत्वप्रति असन्तुष्टि पोखेका छन् । नैतिकताको आधारमा कानुन मन्त्रीबाट राजीनामा समेत दिएका उनले नेतृत्वको कारण नेकपाका लाखौं लाख कार्यकर्ता रोहेर बसिरहनु परेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद तामाङले अहिले नेकपाका लाखौंलाख कार्यकर्ताहरु किंकर्तव्यबिमुढ, डरत्रास, आक्रोस, असमन्जस्यता र पीडाको अवस्थामा रहेका र उनीहरुको मन रोइरहेको बताएका हुन् ।
कार्यकर्ताहरुलाई नेताहरुको झोला बोक्ने झोले बनाउने कि पार्टीको झण्डा बोक्ने ईमान्दार कार्यकर्ता बनाउने भन्ने प्रश्न गर्दै लेखेका छन्, ‘ अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लाखौंलाख कार्यकर्ताहरु किंकर्तव्यबिमुढ, डरत्रास, आक्रोस, असमन्जस्यता र पिडाको अवस्थामा छन र सबैका मनहरु रोइरहेका छन । यो सबै हामी कार्यकर्ताको कारणले होइन । नेताहरुकै कारणले हो । ए नेताहरु हो! हामीलाई तपाईहरुको झोला बोक्ने झोले बनाउँछौ कि पार्टीको झण्डा बोक्ने ईमान्दार कार्यकर्ता ?’
उनले नेतृत्वलाई पनि चुनौती दिएका छन् । ‘अब यस्तै अवस्था हो भने सावधान !! हामी तपाईंहरुलाई ससम्मान शालीनतापुर्वक क्रस गरेर अगाडि बढ्न सक्षम र तयार छौं । चेतना भया’, उनले फेसबुकमा लेखेका छन् ।
लाखौं कार्यकर्ता रोइरहेको र नेतृत्व नसुध्रिएर हटाउने क्षमता रहेको भन्दै चेतावनी दिएका सांसद तामाङले फेसबुकमा लेखेका छन् :
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लाखौंलाख कार्यकर्ताहरु किंकर्तव्यबिमुढ, डरत्रास, आक्रोस, असमन्जस्यता र पिडाको अवस्थामा छन र सबैका मनहरु रोइरहेका छन । यो सबै हामी कार्यकर्ताको कारणले होइन । नेताहरुकै कारणले हो । ए नेताहरु हो! हामीलाई तपाईहरुको झोला बोक्ने झोले बनाउँछौ कि पार्टीको झण्डा बोक्ने ईमान्दार कार्यकर्ता ? देश र जनताको पक्षमा ईमानदारिताकासाथ काम गर्छौ कि निहित सत्ता स्वार्थको लागी जोड घटाउमा लाग्छौ ? हामीलाई किन यति धेरै पिडा दिन्छौ ? अब यस्तै अवस्था हो भने सावधान !! हामी तपाईंहरुलाई ससम्मान शालीनतापुर्वक क्रस गरेर अगाडि बढ्न सक्षम र तयार छौं । चेतना भया !?