
नेकपाको आन्तरिक विवाद चुलिँदै गएपछि आज सचिवालय बैठक बोलाइएको छ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पार्टीभित्रै प्रश्न उठ्न थालेपछि त्यसको समाधानका लागि बैठक बस्न लागिएको बताइएको छ।
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव कुमार नेपाल र अध्यक्ष पुष्षकमल दाहाल गुटले चर्को विरोध गर्दै आएका छन्।
वरिष्ठ नेता नेपालले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई दबाबसमेत दिँदै आएका छन्। साताअघि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री पार्टीभित्रै आलोचित बन्दै आएका छन्।
यस विषयमा नेकपाका नेता डा. भिम रावलसँग गरिएको कुराकानी हेर्नुहोस्