
शुक्रबार र सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिरी जिल्लाबाट सकभर नआउन र आए पनि सबैलाई अनिवार्य १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
काठमाडौं, धनगढीलगायतका बाहिरी जिल्लाबाट आएका विद्यार्थी तथा सर्वसाधारण सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने निर्णय भएको हो । आएर सीधै घर पुगेका उनीहरू धेरैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन राखिसकेको र नआएकाहरूलाई घरमै गएर स्वास्थ चेक गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, कतिपय स्थानीय तहलाई घरबाट जुनसुकै हालतमा पनि ल्याएर क्वारेन्टाइनमा राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अभिकारी उमेश पाण्डेले बताए ।
अहिले काठमाडौंलगायतका शहरमा पढ्न गएका विद्यार्थी, कामकाज तथा जागिरका लागि गएकाहरू समस्या हुन थालेपछि स्थानीय तहको पहलमा बसमार्फत गाउँ फर्किरहेका छन् ।
यता जिल्ला प्रशासन र केही स्थानीय तहले भने बाहिरी जिल्लाबाट तत्काल आउन नदिने पक्षमा छन् । तर, केही व्यक्ति तथा जनप्रतिनिधिले जिल्ला भित्र्याउने पठाउने गरिरहेका छन् । यस्तै, चैनपुरमा रहेका मजदुर तथा बाहिरि जिल्ला घर भएकाहरूलाई जिल्ला प्रशासनले घर पठाइरहेको जनाइएको छ । बझाङका धेरैजसो स्थानीय तहले सबै आउँदा व्यवस्थापनमा असहज हुने भन्दै आउन नदिने निर्णय गरेका छन् ।