बुधबार (आज) दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि महेन्द्रनगर, धनगढी, बर्दीयालगायत पश्चिम तराईमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै दिउँसो बादलमात्र लाग्ने काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
पानी र चट्याङ पार्ने बादल विकसित भइरहेकाले अहिले पनि पश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।