
काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
डा. भट्टराईले मंगलबार ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।
रेडियो नेपाल जनताको रगतपसिनाको करबाट संचालित सार्वजनिक संस्था हो।यो कुनै पार्टी,गुट,व्यक्तिको बपौति हैन।त्यहाँबाट प्रसारित विचारनिम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी!अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु।कर्मचारीलाई धम्काउने काम नगर!सावधान! https://t.co/6ugzfTv0jE
— Baburam Bhattarai (@brb1954) April 28, 2020
आज सूचना तथा सञ्चार मन्त्रालयले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । र, कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
र यो पनि पढ्नुहोस् : सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण : कार्कीकाे पद धरापमा ?
सोमबार बिहान प्रशारित भएको उक्त अन्तरवार्ता रेडियो नेपालले आफ्नो अनलाइन अर्काइभबाट हटाइसकेको छ ।
यस्तो थियो अन्तरवार्ता पूरा सुन्नुहोस तलको अडियोबाट