
काठमाडौंको मुलपानीमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकको रिपोर्ट पोजेटिभ आएको छ।
मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणमा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।
एन्टीबडी पोजेटिभ देखिएका युवक २१ वर्षीय रहेका छन्। उनी चैत्र ७ गते दुबई बाट आएको बताइएको छ। र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट पोजेटिभ आउँदैमा कोरोना संक्रमण भएको पुष्टि हुँदैन।
यस्तो अवस्थामा कोरोना भएको हो-होइन एकिन गर्न प्रयोगशालामा स्वाबको पिसीआर परिक्षण गरिन्छ। त्यस्तै आज कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३८ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।