
एजेन्सी, १६ बैशाख । चर्चित बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन् । इरफानलाई विदेशकै अस्पतालमा आइसियूमा भर्ना गरिएको हो ।
र याे पनि बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री
हालैमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो । उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए ।
उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन् । खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए । खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो ।
५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ । यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए । हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो । तर कोरोना भाइरसका कार उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन् सकेन ।
जे होस् अभिनेता इरफान खानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
फिचरमामा प्रयाेग गरिएकाे फाेटाे फाईलमात्र हाे