काठमाडौं : जनता समाजवादी पार्टीका सांसद् अपह रणको उ जुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जानकारी दिए।
गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।
सञ्चार मन्त्रालयले सोध्यो स्पष्टीकरण : कार्कीकाे पद धरापमा ?
१६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।
जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । र, कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो । र, कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए । भिडियाे हेर्नुहाेस
यससलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।